Home / Nepal / नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका

नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका

कलैया । सलह कीरा नेपालमा पहिलो पटक प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो ।

कृषि मन्त्रालयले बारा र पर्सामा सलह किरा पहिलो पटक देखापरेको जनाएको छ । यद्यपि यसको पुष्टि हुन भने बाँकी रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

उनका अनुसार बाराको कृषि ज्ञान केन्द्रले सलह कीरा पसेको भनेर मन्त्रालयलाई पत्रचार गरेको हो ।

पत्रचारपछि सो विषयमा अध्ययन गर्नका लागि मन्त्रालयले प्राविधिक टोली खटाएको छ । प्रवक्ता केसीले प्राविधिक टोली नेपालमा सलह कीरा पसे नपसेको पुष्टि गर्न पर्सातर्फ लागिसकेको जनाए ।

उनले टोली आइतबारसम्ममा जिल्लामा पुगेर अध्ययन गर्ने र त्यसपछि नेपालमी उक्त कीराको प्रकोप रहे/नरहेको बारे पुष्टि हुने बताए ।

भारतसँग जोडिएका २ गाउँपालिकाका किसानले लगाएका मकै, धान, केरालगायतका बालीमा सहल जस्तै कीरा टाँस्सिएको भन्ने पत्र मन्त्रालयलाई  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *