Home / World News / भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । 

उनले आइतबार दिउँसो ट्‍विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । 

चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ । 

गृहमन्त्री शाहले ट्‍विट गर्दै भनेका छन्, “कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।” 

उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्‍न र परीक्षण गराउन आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *