काठमाडौं: पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुुसार हालसम्म संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको जनाइएको छ।
यसै गरि बिगत २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन् ।
अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ भने मृत्यु हुनेको संख्या ५७ रहेको छ।
बाकी संक्रमितको आइसोलेसन तथा भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।






