Home / Nepal / News / धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका

धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका

जनकपुरधाम : धनुषामा दुई बालकको हत्या गरी आमाले आत्महत्या गरेको अशंका गरिएको छ।

नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ पाँच वर्षीय छोरा अभिषेक र तीन वर्षीय आदित्य साहको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना बाहिर आएको छ।

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार घरको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेकी छिन्। उनले दुबै बाललको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको छ। मृतक गुडियाको श्रीमान गुरुदेव साह दैनिक ज्याला मजदुरीमा काम गर्न जनकपुर आएका थिए। सासु ससुरा खेत बारीमा काम गर्न गएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको अशंका गरिएको छ। घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ।

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले विवाह गरेका थिए । तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *