देशभरीमा १० लाख भन्दा बढी जनसंख्या रहेको श्रीबैष्णब हरुको संगठन श्रीबैष्णब परिषद नेपालले कालीगण्डकी डाइभर्सन परियोजना बारे आफ्नो धारणा सार्बजानीक गरेको छ।
श्रीबैष्णब परिषद नेपाल, श्रीबैष्णब युबा परिषद नेपाल र श्रीबैष्णब महिला परिषद नेपालले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा वैदिक सनातन धर्मलाई ध्वस्त बनाउन, यसको आस्थाको मूल मर्ममै प्रहार गर्ने र नेपालीहरूको जीवन्त सभ्यतालाई समाप्त पार्ने रहस्यमय षडयन्त्रका रूपमा ल्याइएको कालीगण्डकी डाइभर्सन परियोजना ल्याइएको उल्लेख गरीएको छ।
विश्वका अरबौं सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र देवदेश नेपालमा विगत केही समयदेखि वैदिक सनातन धर्ममाथि विभिन्न कोणबाट प्रहार भैरहेको र कालीगण्डकी डाइभर्सन परियोजना त्यसैको निरन्तरता भएको उल्लेख गरीएको छ।
मुक्तिका अधिष्ठाता भगवान श्रीमुक्तिनाथ एव सर्वाधिक सुलभ स्वरूप सर्वेश्वर श्रीशालग्राम भगवान विराजमान हुनु भएको यस पावन भूमिमा नै वैदिक सनातन धर्म तथा सनातन धर्मावलम्बीको आस्था , श्रद्धा र विश्वासमाथि बारम्बार प्रहार हुनु अत्यन्त दुर्भाग्यपूर्ण कालीगण्डकी नदीको प्रवाहलाई डाइभर्सन गर्ने घोषणा गर्नु यस देशका हिमगिरि , नदी , जलाशय , बन तथा पर्वतहरू केवल भौतिक वस्तुमात्र नभएर सनातन धर्मसंस्कृतिका जीवन्त स्वरूप हुन् , वैदिक सनातन सभ्यताका धरोहरहरू माथीकै ठाडो प्रहार हो ।
संसारभरका अरबौं सनातन धर्मावलम्बीहरूको श्रद्धाको प्रतिमूर्ति , जसको नित्य सेवा प्रत्येक वैदिक सनातन धर्मावलम्बीलाई अनिवार्य छ , तथा प्रत्येक मठ मन्दिरमा जसको प्रतिष्ठापन अनिवार्य हुन्छ त्यस्ता अस्विरूप प्रत्यक्ष सर्वेश्वर श्रीशालग्रामकी जननी , कालीगण्डकी नदी केवल जलराशिमात्र नभएर वैदिक सनातन धर्मसंस्कृति र सभ्यताको एक जीवन्त आधार हो ।
दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका गण्डकी नदीको प्रवाह भएका हरेक स्थानहरूमा , जलका थोपाथोपामा तथा ढुङ्गा , माटो र बालुवाका कणकणमा भगवानको स्वरूप विराजमान छ भन्ने शास्त्रीय मान्यता एवं पावन सभ्यतालाई विनाश गर्ने नेपाल सरकारको दुराशयपूर्ण यस कार्यको अत्यन्त निन्दा एवं घोर भर्त्सना गर्दछौं बिज्ञप्तीमा भनीएको छ।








