Home / Nepal / नेपालमा कोरोना संक्रमणका कारण एकै दिन तीन जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण एकै दिन तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालय जनाएको छ । 

काठमाडौं शंखमुलका ६० वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुष र काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *