Home / Nepal / विषालु च्याउ खाँदा एकै परिवारका चारजना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका चारजना बिरामी

रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन् ।

 शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन् । 

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि अस्पताल ल्याइएको थियो । रासस 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *