Home / Nepal / सरकारले पर्सि बिहीबारदेखि सुरु हुने एसईई नरोक्ने

सरकारले पर्सि बिहीबारदेखि सुरु हुने एसईई नरोक्ने

काठमाडौं,४ चैत । सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् ।

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *