Home / Nepal / नेपाल मेडिकल काउन्सिलको परीक्षा स्थगित

नेपाल मेडिकल काउन्सिलको परीक्षा स्थगित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

काउन्सिलले चैत ८ गते सञ्चालन गर्ने तयारी गरेको थियो। कोरोना भाइरसका कारण परीक्षा अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

‘नेपालको जनस्वास्थ्य तथा सम्बन्धित परीक्षार्थीको स्वास्थ्यलाई समेत मध्यनजर राखेर परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो’, उनले भने। 

काउन्सिलको पूर्ण बैठकको निर्णय अनुसार परीक्षाको अर्को मिति पुन : सूचना प्रकाशित गरी जानकारी गराइने काउन्सिलले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *