Home / Nepal / News / २३ लाख ४० हजार र २५.२ खैरो हिरोइनसहित एकजना पक्राउ

२३ लाख ४० हजार र २५.२ खैरो हिरोइनसहित एकजना पक्राउ

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका–८ रमणबस्तीबाट २३ लाख ४० हजार रुपैयाँ र २५.२ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका–४ घर भई टोखा–८ बस्दै आएका ३१ वर्षीय मनिस भनिने दुर्गासिंह तामाङ छन्।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले अनुसन्धानको क्रममा उनको साथबाट खैरो हेरोइन २५.२ ग्राम, लागुऔषध तौल गर्ने मेसिन एकथान, नगद नेपाली २३ लाख ४० हजार र बा५९प ५२३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *