Home / Nepal / News / डोटिमा रातिको समयमा अज्ञात ब्याक्ती द्वारा विद्यालय तोडफोड

डोटिमा रातिको समयमा अज्ञात ब्याक्ती द्वारा विद्यालय तोडफोड

डोटी : बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरिएको छ ।

बिद्यालयका प्रधानाध्यापक गुमानसिंह बोहराका अनुसार नचिनेका मान्छेको समूह आएर रातिको समयमा विद्यालय तोडफोड गरेको र कार्यालयकक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातिएको छ।

प्रधानाध्यापक बोहराले भने, “विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु,” उनले फेरि भने “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ।”

स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन। इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *