Home / Sports / प्रिमियर लिग फुटबलमा टोटेनहमलाई हराउँदै लेस्टर सिटी शीर्ष दुईमा

प्रिमियर लिग फुटबलमा टोटेनहमलाई हराउँदै लेस्टर सिटी शीर्ष दुईमा

काठमाडौं : प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हासिल गरेको छ। आइतबार भएको खेलमा लेस्टरले टोटेनहमलाई हराउँदै आफूलाई शीर्ष दुईमा स्थापित गर्न सफल भएको हो।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिम्मी भार्डिले एक गोल गरे। एक गोल लेस्टरले आत्मघाती गोल उपहार पाएको हो।

खेलको पहिलो हाफको इन्ज्यूरी समयमा लेस्टरका लागि भार्डीले गोल गर्दैै टिमलाई अग्रता दिलाएका हुन्। पहिलो हाफमा १–० गोलको अग्रता लिएको हो भने खेलको ५९ औं मिनेटमा टोटेनहमका टोबीले आत्मघाती गोल गर्दा लेस्टरले २–० गोलको जित निकाल्न सफल भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *