Home / Nepal / News / सल्यानमा पेस्तोल सहित एक जना पक्राउ

सल्यानमा पेस्तोल सहित एक जना पक्राउ

दाङ : सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारबाट पेस्तोल, पेस्तोलमा प्रयोग हुने २ राउन्ड गोली सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ का २८ वर्षीय गणेश रावल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएको सीएच ०१ बीपी २१९४ नम्बरको मोटसाइकलमा सवार रावल सल्लीबजारस्थित प्रहरी चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा भागेपछि इलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *