Home / Nepal / News / सलमानको ‘राधे’ र जोनको ‘सत्यमेव जयते’दुई चलचित्र भिड्दै,

सलमानको ‘राधे’ र जोनको ‘सत्यमेव जयते’दुई चलचित्र भिड्दै,

मुम्बई : कोरोनाका कारण गत वर्ष ठप्प रहेको चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ। योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनलागेका छन्।

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ। यस्तै, अभिनेता जोन अब्राहमको सुपरहिट चलचित्र ‘सत्यमेव जयते’को सिक्वेल ‘सत्यमेव जयते २’सँग क्लैस हुने पक्का भएको छ।

सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, “माफ गर्नुहोस्, थिएटर मालिकहरुलाई जवाफ दिन धेरै समय लाग्यो। आजको समयमा यो निकै ठूलो निर्णय हो। म थिएटर मालिकहरुले झेलिरहेको आर्थिक समस्यासँग जानकार छु। त्यसैले म राधेलाई सिनेमाघरमा रिलिज गरेर उहाँहरुलाई सहयोग गर्न चाहन्छु।” उनी लेख्छन्, “बदलामा म उनलाई ‘राधे’ हेर्न आउने दर्शकका लागि थिएटरमा अत्यधिक सावधानी अपनाउने छन् भन्ने आशा गरेको छु।”

यस्तै, अभिनेता जोन अब्राहमको ‘सत्यमेव जयते २’ गत वर्ष रिलिज गर्ने घोषणा गरिएकोमा कोरोना महामारीले यसलाई एकवर्ष पछाडि धकेलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *