Home / Society / धादिङमा बस र टिपर एकापसमा ठोक्किँदा एकको मृत्यु र एकजना घाइते

धादिङमा बस र टिपर एकापसमा ठोक्किँदा एकको मृत्यु र एकजना घाइते

धादिङ: पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रेमा आज बिहान ३ बजे रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बस र काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको टिपर एकापसमा ठोक्किएका छ्न।

दुर्घटनामा टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृत्यु भएको छ। ठक्करबाट टिपर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको छ।

यस्तै, दुर्घटनामा घाइते भएका मकवानपुर कैलास ५ का २२ वर्षीय अजय मोक्तानको ट्रमा सेन्टर काठमाडौं उपचार भइरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *