चितवन: क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको आयोजनाम
चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दैछ।
कोरोना सङ्क्रमित बिरामीको लागि आवश्यकपर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको हो। सङ्कलित प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस भन्ने हेतुले प्लाजमा संकलन सुरु गरिएको बताइएको छ।
केन्द्रले हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन गरीसकेको छ। सोमबार मात्र नवलपरासीमा एकैदिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो।
यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन हुदैछ।
यि ३ ठाउँबाट लगभग १०० युनिटभन्दा वढी प्लाज्मा सङ्कलन हुन सक्ने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउनु भएको छ।






