Home / Society / प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु

प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु

प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाई छ । उहाँका अनुसार ट्याक्टरमा सवार १ जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ । अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताउनभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *