काठमाडौं : कोभिड १९ विरुद्धको खोप पहिलो पटक भारत बाट बिहीबार नेपाल ल्याइने भएको छ।
अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ११ बजे एउटै उडानमार्फत् १० लाख डोज खोप झारिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए।
खोप भण्डारणका लागि विमानस्थलमा मर्मत गरिएको एउटा र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको छ।
केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर भ्यानमार्फत् प्रदेश र विभिन्न तहमा क्रमशः वितरण गर्ने योजना रहेको खोप विभाग प्रमुख डा. झलक गौतमले जानकारी दिए।
भारतबाट ल्याइने खोप रेगुलर अर्थात् २ देखि ८ डिग्री सेल्सियस क्षमताका कोल्डचेनमा भण्डारण गर्न सकिन्छ।





