Home / Nepal / News / चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद

चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद

चितवन : लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन दूधपोखरी सम्पर्क समाज चितवनले एम्बुलेन्स खरिद गरेको छ। लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिदिएको हो।

एम्बुलेन्स खरिदका लागि चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेका थिए।
 
सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा रहेको दूधपोखरीको जनसङ्ख्या ११ हजार रहेको र यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ। एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पुर्याउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *