Home / Nepal / News / ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

गुल्मी : गुल्मीको रेसुङ्‌गा नगरपालिका १२, भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका २ बस्ने ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका १ बस्ने ४२ वर्षीय मीनबहादुर आले छन्।

उक्त स्थानमा खटिएको प्रहरीले जाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *