विराटनगर: प्रदेश १ सरकारले मङ्गलबार मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदाको निर्णय गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात आज विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा मनाउनका लागि प्रदेश सरकारले झापा, मोरङ र सुनसरीमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणलाइ मध्यनजर गर्दै कृष्ण जन्मास्टमीको भोलि पल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने आयोजकले जनाएको छ ।