Home / Nepal / चितवनमा सवारीसाधनको ठक्कर बाट मृगको मृत्युु

चितवनमा सवारीसाधनको ठक्कर बाट मृगको मृत्युु

चितवन : पूर्वपश्चिम राजमार्ग अन्तर्गत आइतबार साँझ करिब पौने सात बजे चितवनको टिकौली जंगलमा सवारीसाधनले एक भाले मृगलाई ठक्कर दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा मृगको मृत्यु भएको हो।

उनका अनुसार ठक्कर दिने गाडीसहित चालक फरार छन्। कुन गाडीले ठक्कर दिएको हो भन्ने पनि खुलेको छैन।
घटना भएको ठाउंँमा मोटरसाइकलको भाइजरको फुटेको टुक्रा भेटिएकोले मोटरसाइकलले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा परेर मृग मृत भएको खबर पाएपछि जिल्ला वन कार्यालयको कर्मचारी टोलीले मुचुल्का बनाएर मृग लगेको अधिकारीले जानकारी दिए।

फरार रहेका सवारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *