Home / Society / तिहारको आज पाँचौ तथा अन्तिम दिन दिदिबहिनीहरु द्वारा दाजुभाइको पुजा गरेर मनाउदैं

तिहारको आज पाँचौ तथा अन्तिम दिन दिदिबहिनीहरु द्वारा दाजुभाइको पुजा गरेर मनाउदैं

काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड तिहारको आज मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै विभिन्न सात रङको ठाडो टीका लगाउनुका साथै दाजुभाइलाई पुजा गर्ने  चलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा भएको जनाएको छ।


लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज,

गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाईदिने गरिन्छ।

दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *