काठमाडौं : `विप्लव´समूहका प्रतिबन्धित नेक्रविक्रम चन्दका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ। बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन्।
प्रहरीले आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिन मानेको छैन। बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो।






