Home / Nepal / एनएमबि बैंकले १३ प्रतिशत बोनस सेयर दिने घोषणा

एनएमबि बैंकले १३ प्रतिशत बोनस सेयर दिने घोषणा


काठमाडौं : एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।

बैंक सञ्‍चालक समिति अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ।

सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *