काठमाडौं : नेपालको नम्बर एक सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा तृष्णा गुरुङ आबद्ध भएकी छन्। सिजन–३ का लागि गुरुङ कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’ प्रवेश गरेकी हुन्।
पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो भने सिजन–२ मा आस्था राउत रहेकोमा उनको ठाउँमा गुरुङ आएकी हुन्। अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन्।
“हामीले ७ जनाको नाम भ्वाइसको हेडक्वाटरमा सीभीसहित पठाएको थियौं, त्यसमध्ये तृष्णा गुरुङको नाम छनोट भएर आएको हो,” ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले भने।
‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ।






