Home / Nepal / News / दीपक–दीपालाई लिएर नयाँ चलचित्र निर्माण गर्दैछन् निर्माता रोहित अधिकारी

दीपक–दीपालाई लिएर नयाँ चलचित्र निर्माण गर्दैछन् निर्माता रोहित अधिकारी

काठमाडौं : ‘छ माया छपक्कै’ निर्माण गरेका निर्माता रोहित अधिकारी अहिले नयाँ चलचित्र निर्माणमा जुटेका छन्। कोरोना संक्रमणको त्रास थप नबढे दसैं र तिहारको बिचमा छायांकनमा जाने उनले तयारी गरिरहेका छन्।

चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल भने निर्माण नगर्ने निर्माता रोहित बताउँछन्। “अहिले स्क्रिनप्ले लेख्ने काम भइरहेको छ । स्क्रिनप्ले सकिए पछि दसैं र तिहारको बीचमा छायांकनमा जाने हाम्रो तयारी छ,” रोहित भन्छन् ।

दीपकराज गिरीले स्क्रिनप्ले लेखिरहेका छन्। कथा भने दीपकले लेखेका हैनन्।

चलचित्रको नाम निश्चित भइनसकेको रोहितले जानकारी दिए। “चलचित्र कमेडी जानरामा निर्माण हुने छ। सोसल म्यासेज दिनेभन्दा फुल कमेडी फुल कमर्सियल चलचित्र बनाउने छौं,” रोहित भन्छन्, “बजार चलायमान बनाउने गरी मास अपिल गर्ने चलचित्र निर्माण गर्ने छौं।”

उनका अनुसार चलचित्रमा दीपकराज गिरीसँगै, केदार घिमिरेलगायत ‘छक्का पञ्जा’को समूह मुख्य भूमिकामा हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *