काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१०म मा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएक छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री लमजुङको बेसीसहर नगरपालिका–६ का २२ वर्षीय विनोद अधिकारीको मृत्यु भएको हो। उनको उपचारको क्रममा गए राति साढे १ बजे भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।
घाइते पैदलयात्री २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १५८२ नम्बरको बसले मंगलबार राति करिब सवा ११ बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो। बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।






