Home / Politics / नेपाली कांग्रेसको १४ औं महाधिवेशन को पुर्व समिक्षा: लोलिम पोमु लिम्बू।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन को पुर्व समिक्षा: लोलिम पोमु लिम्बू।

लोलिम पोमू लिम्बू- उर्लाबारी
राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवम् सिद्धान्त अनुरुप बहुलवादमा आधारित बहुदलीय प्रतिपर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको मध्यमबाट राष्ट्र विकास, जनतामा सामाजिक, राजनीतिक, आर्थिक र भाषिक साथै आ–आफ्नो संस्कृति संरक्षण र सम्वद्र्धनको सम्वाहकको रुपमा एउटा दरिलो र भरपर्दो समाजवादी मेरुदण्ड सावित हुँदै विगत ७० वर्षअघि स्थापना भएको नेपाली काङ्गे्रस पार्टी हालको स्थितिसम्म आइपुग्दा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र न्यायका निमित्त विभिन्न अफ्ठ्यारा काल खण्डहरुमा राष्ट्र बचाउन निर्णायक भूमिकामा रहेको एक मात्र प्रजातान्त्रिक पार्टी हो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल आर्दश मानेर स्पष्ट राष्ट्रियताको कित्तामा आफ्नो पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापना गर्न सफल, वीपीको आदर्श र दर्शनबाट प्रभावित, जन मनोभावनालाई मूलमन्त्रको रुपमा स्वीकार गर्दै समय–समयमा जित र हारलाई अविचलित रुपमा शिरोधार्य गर्ने प्रवल र प्रभावशाली पार्टीको नाम हो, नेपाली काङ्गे्रस ।
पृष्ठभूमिगत महत्व एउटा पाटो हो भने कार्यगत र नीतिगत पाटो अर्को हो । चार तारा भएको झण्डा र रुख चुनाव चिन्ह लिएर दशकौंदेखि राष्ट्रियताको वकालत गरिरहेको एक मात्र प्रजातान्त्रिक पार्टीको संज्ञा नेपाली काङ्गे्रसले नै पाउँछ । कुनै अमुक राष्ट्रको विरोध गर्नुलाई राष्ट्रवाद मान्न तयार छैन नेपाली काङ्गे्रस । त्यसैगरी उग्रराष्ट्रवादको नाम दिएर जनतामा भ्रम पैmलाउनुलाई राष्ट्रियता प्रतिको अपमान ठान्दै आएको नेपाली काङ्गे्रस वि.सं. २००३ साल माघ १२ र १३ गते प्रथम महाधिवेशन गरी टंकप्रसाद आचार्यको नेतृत्वमा पार्टी चलायमान भएको थियो र हालसम्म वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको नेतृत्वले तेह्रौं महाधिवेशनसम्मको यात्रा पूरा भएको छ । अब हुने चौधौं महाधिवेशनको दौडधुपमा पार्टी नेतृत्व निकै मज्जाले लागेको छ । अब हेर्न बाँकी छ कसले काङ्गे्रसको इतिहासमा नाम लेखाउने हो ।
उर्लाबारीको राजनीतिलाई एकै पटक सुरु गर्नुभन्दा पृष्ठभूमिगत हिसाबले नै लेखांै भन्ने लागेर नेपाली काङ्गे्रसको ऐतिहासिक पृष्ठभूमि उल्लेख गरेको हुँ । यहाँ पार्टीको राजनीति र अन्तर पार्टी बीचको चुनावी सम्बन्धलाई तुलनात्मक अध्ययन गर्दा मात्र उर्लाबारीमा नेकाको स्थान सुरक्षित हुने देखिएको छ । नजिकिदै गरेको महाधिवेशनमा आपूmलाई सक्षम र सवल नेतृत्व दावी गर्दै नगर सभापतिमा उम्मेद्वारी घोषणा गर्ने युवा नेताहरु अहिले चर्चामा हुनुहुन्छ भने केही अघोषित रुपमा आफ्ना समर्थकहरु जुटाउन मेहनत गरिरहनु भएको छ । वर्तमान नगर सभापतिको हालसम्म कुनै अभिव्यक्ति मिडियामा देखिएको छैन । सरसर्ती हेर्दा पार्टीलाई अग्रगामी दिशा दिनकै लागि कम्मर कसिरहेका व्यक्तिहरु नै चर्चामा देखिएको महसुस गरेको छु । यसमा पर्दाभित्र र पर्दाबाहिरको रिमोट पनि त्यतिकै सक्रीय छ । सभापतिको उम्मेद्वारमा आपूmलाई अघि सार्दै केही समर्थकहरुसँग विज्ञापनको बारेमा सल्लाह समेत गर्दै चर्चा कमाउन दिग्गज राजनीतिक खेलाडीहरु पनि अहिले आँखी भ्mयालबाट आफ्नो सम्भावना चियाइहेका छन् ।
साथ–साथै बार्गेनिङको रुपमा सभापतिको उम्मेद्वारी दिएको पनि स्वयम् घोषणा गर्दै कार्यकर्ता माझ आफ्ना अभिव्यक्तिहरु छरपष्ट पारेको पाइएको छ । त्यसैगरी महाधिवेशनमा मात्र आपूmलाई सक्रीय गराई अन्य समय निस्क्रिय रहेका नेताहरु पनि पार्टी नेतृत्वमा अग्रता लिन खोजिरहेको बुझिएको छ । यसरी घोषित वा अघोषित रुपमा नेपाली काङ्गे्रसको नेतृत्वको भूमिकामा उम्मेद्वारी घोषणाले पक्कै पनि आगामी नेतृत्व सक्षम र सवल नै आउनेमा अड्कल गर्न सकिन्छ ।
नेतृत्वको होडबाजीमा रहेका नेताहरुलाई अब हामी कार्यकर्ता तथा सर्वसाधारण नेका समर्थकहरुबाट के बुभ्mन जरुरी छ भने हालसम्म दशौं, विसौँ वर्षदेखि नेतृत्व गरेर वा क्रियाशिल कार्यकर्ता भएर पार्टीलाई के कति योगदान दिएका व्यक्तिहरु नेतृत्वका लागि तयार छन् र हाल उर्लाबारीमा नेपाली काङ्गे्रसले कस्तो उचाइ लिइरहेको छ ? सो प्रश्नको उत्तरलाई कार्यकर्ता माझबाटै खोज्न जरुरी छ । अब नेपालमा वर्तमान सरकार नेकपाबाट विभिन्न प्रकारले आजीत भएका नागरिकले नेपाली काङ्गे्रसको सबल र सक्षम नेतृत्व खोज्दै गरेको वर्तमान परिप्रेक्षमा उर्लाबारीमा पनि आफ्नो गतिलो पहिचान बनाएका सु–संस्कृत विद्धत र समर्पित नेतृत्व खोज्न क्रियाशील कार्यकर्ताहरुको परीक्षाको घडी आएको छ । जसमा निम्न लिखित प्रश्नहरुको जवाफ खोज्दै, प्राप्त नतिजाको आधारमा निर्णय लिनुपर्ने हुन सक्छ ः
– अबको पार्टी सभापतिलगायत इच्छुक नेतृत्वले कति समयदेखि नेकाको मातृ पार्टीमा रहेर कार्य गरिरहेका छन् त ? पार्टीलाई पूरा समय दिएका छन् वा छैनन् ।
– अबको इच्छुक नेतृत्वको सामाजिक, राजनीतिक र शैक्षिक हैसियत समेत विचार गर्दै पार्टीको सम्भावित सफलता र असफलता अध्ययन गर्दै नेतृत्व छनौट हुनु जरुरी छ ।
– कतै पार्टी सौदाबाजी हुँदै व्यापारीकरण त हुँदै छैन ? सचेत भएर सोच्न जरुरी छ ।
– पार्टीको यथास्थिति रुपलाई कस्तो नेतृत्वबाट अग्रता दिलाउन सकिन्छ ? र उहाँहरुको पार्टीप्रतिको समर्पण कस्तो छ ? ऐतिहासिक समीक्षा जरुरी छ ।
– वर्तमान नेतृत्वका कमजोरीहरु समीक्षा गर्दै सबै जात, धर्म, लिङ्ग र उमेर समूहको प्रतिनिधित्व हुने गरी भावी नेतृत्व आउँदै छ कि छैन ? चिन्तनको विषय बनेको छ ।
– साविक राजघाट र मधुमल्लाका केही वडा समेत समेटिएर बनेको उर्लाबारी नगरपालिकाको नेपाली काङ्गे्रसले राजघाट र मधुमल्लालाई उपेक्षा गर्दै उर्लाबारीको केन्द्रिकृत नेतृत्वलाई मात्र सर्वमान्य ठानेको वर्तमान परिप्रेक्षमा विकेन्द्रित पद बाँडफाँडसहितको प्रस्ताव कस्को नेतृत्वमा आएको छ ? अधिकार खोज्ने बेला भएको छ ।
– उदाहरणीय र सक्षम नेतृत्वको नाममा पार्टीको साख गुम्दै त छैन ? चिन्तनको विषय छ ।
मेरो विचारमा उर्लाबारी नगरीमा नेपाली काङ्गे्रसको भावी नेतृत्वको विषयमा क्रियाशील कार्यकर्ताहरु सचेत भईसकेका छन् । उम्मेद्वारी घोषणाले सामाजिक सञ्जालको भित्ता भरिए वा भरिन बाँकी छन् साथै महंगा र ओजपूर्ण शब्दका उपमाले थाम्नै नसक्ने नामको भारी अगाडि र पछाडि झुण्ड्याएर आदर्श नेतृत्वको घोषणापत्र जारी गरे पनि पार्टीको उचाइ अक्षुण्ण राख्न र बढाएर सर्वोच्च स्थानमा पु¥याउने ठोस आधार देखिएको छैन ।
हाल नेपाली काङ्गे्रस उर्लाबारीको दरिलो खम्बा हाम्रा राजनीतिक धरोहर र कार्यकर्ताका संरक्षक, अभिभावक क्षेत्रीय सभापति खड्गबहादुर फागोको सल्लाह, सुझाव बमोजिम भावी रणनीति तय गर्दै उर्लाबारीले सक्षम र सबल नेपाली काङ्गे्रसको नेतृत्व खोज्न जरुरी छ । यहाँ व्यक्तिवादभन्दा समाजवादको पथ प्रदर्शकको आवश्यकता महसुस गरिएको छ । यहाँ केन्द्रीकृतभन्दा विकेन्द्रित पार्टी नेतृत्वलाई आवश्यकताको रुपमा राखिएको छ । प्रत्येक राष्ट्र एउटा व्यक्तिको भिजन र मिसनको नेतृत्वबाट सफल बनेको विश्वव्यापी उदाहरण जिउँदै छन् । सोही क्रममा उर्लाबारीको नेकाको दिशा निर्देश पनि क्षेत्रीय सभापति फागोको दृष्टिकोण बमोजिमको हुनु पर्छ भन्ने हाम्रो आशा हो । क्रियाशील कार्यकर्ताहरुले एक पटक गरेको गल्ती र छनौटले पार्टी पाँच वर्ष भित्रमा कोरमा विलय हुन सक्छ यो विचार महत्वपूर्ण छ । जिम्मेवारी उसैले लिने कोसिस गर्नु पर्दछ, जसको काँध दह्रो छ ।
वेस्टन चर्चिलको भनाइ अनुसार ‘महानताको मूल्य जिम्मेवारी हो ।’ साथै छोटो चित्तले जिम्मेवारीलाई नकार्छ । यहाँ त जो धेरै बोल्छ र आफ्ना कुरालाई छिटो उजागर गर्दछ, उसैलाई ठूलो मान्ने चलन छ तर हेक्का रहोस् ‘जे बोल्न आवश्यक छ ती शब्दहरु रोज्नुसु’ अर्थात् सोचेर अभिव्यक्ति दिनुस्, बोलिसकेर सोच्ने होइन । समझदार र मुख्र्याईमा पाइने ठूलो भेद नै यही हो, बुद्धिमानहरु थोरै बोलेर धेरै भाव प्रकट गर्दछन् । हामीले चाहेको नेका उर्लाबारीको नेतृत्व यस्तै होओस् र अग्रताको मार्ग चित्र कोरियोस् । ‘सङ्कीण भावना, जातिगत सम्प्रदायतागत जस्ता हुने भावनाबाट माथि उठी राष्ट्रिय स्तरमा सोच्ने र विचार गर्नु पर्दछ, अन्ध राष्ट्रवाद या अनुदारवादी राष्ट्रियता उदार लोकतन्त्रका लागि चुनौती हुन्’ भन्ने वीपी कोइरालाका महान् विचारलाई शिरोधार्य गर्दै प्रशस्त आलोचना, कमेन्टहरु र आफ्नो ओजिलो विचारको लागि अनुरोध गर्दै, सकारात्मक र रचनात्मक सल्लाह, सुझावलाई सहर्ष शिरोधार्य गर्दै यो पूर्व समीक्षा गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *