जिन्दगिको पुस्तक अनौठो!
न लेख्यो कसैले,
देख्यो न कसैले;
अपितु जन्मियो जगतमा जो
पढ्यो यो सबैले।
कस्ता होलान् ती पाना अनौठो!
न चिन्यो कसैले,
किन्यो न कसैले;
परन्तु गुणि होस् या निर्गुणी को
आत्मसात गर्यो सबैले।
नदेखिने ति शब्द अनौठो!
जन्म हरेकको बेग्लै,
पुस्तक हरेकको बेग्लै;
तथापी लेखोट अमिट त्यो
भोग्यो भाग्य ठानी सबैले।
नबदलिने त्यो यथार्थ अनौठो!
खुशिले स्विकार्यो कोहि,
या स्विकार्यो दुखैले;
किन्तु अन्तिम पाना पल्टायो जसै
आँखा बन्द गर्यो सबैले।
लेखक: हिरालाल खनाल






