Home / Nepal / News / शिक्षक बन्न संघर्ष गर्ने एक युवाको भुमिकामा प्रदीप खड्का

शिक्षक बन्न संघर्ष गर्ने एक युवाको भुमिकामा प्रदीप खड्का

काठमाडौं : दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहूर्त मनकामना मन्दिर गरिएको छ। चलचित्रको पूजा कलाकार, प्राविधिकले गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ।

यस चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहने छ। चलचित्र `प्रकाश´ मा प्रदिपलाई शिक्षक बन्न संघर्ष गर्ने एक युवाको भुमिकामा देख्न सकिन्छ।

कथा भन्ने निर्देशक राउतले बताएका छन्।

चलचित्रमा प्रदीपको जोडीमा नभअभिनेत्री रेनु योगीले डेव्यू गरेकी छिन्।त्यस्तै अन्य कलाकारहरु दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतको अभिनय रहनेछ।

राजेश श्रेष्ठले खिच्ने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ।

प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *