Home / Politics / प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *