Home / Nepal / News / भारतमा बढ्यो निसान म्याग्नाइटको टर्बो भेरिएन्टको मूल्य

भारतमा बढ्यो निसान म्याग्नाइटको टर्बो भेरिएन्टको मूल्य

काठमाडौं : भारतमा निसान म्याग्नाइटको टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्य ३० हजार रुपैयाँले बढेको छ।

भारतमा १३ सय प्रतिशतसम्म बढेको टर्बो इन्जिनमा प्रयोग हुने सेमी-कन्डक्टरले गर्दा गाडीको मूल्य बढाइएको हो।

म्याग्नाइटको नन-टर्बो भेरिएन्टको मूल्य भने बढाइएको छैन। सब फोर मिटर कम्प्याक्ट एसयूभीका रुपमा परिचित निसान म्याग्नाइट दुई पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ।

निसान म्याग्नाइटले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र फोर्ड इकोस्पोर्टजस्ता गाडीसँग प्रतिस्पर्धा गरिरहेको छ।

भारतमा निसान म्याग्नाइटले निकै नै आक्रामक बजार लिइरहेको बताइएको छ। नेपाली बजारमा पनि म्याग्नाइटप्रति ग्राहक निकै नै आकर्षित भइरहेको र बुकिङ बढिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *