Home / Nepal / News / धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज

काठमाडौ : सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज भएको छ।

धुर्मुस सुन्तलिकै लेखन तथा निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोलको अभिनय छ।

‘ओ हो मूभि’ नामक प्लेटफर्ममार्फत भदौ ११ गते फिल्म रिलिज हुने भएको छ। वैवाहिक जीवनको उतारचढावलाई फिल्ममा चित्रण गरिएको छ।

यसबाट संकलित रकमलाई भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने भएको छ ।

फिल्म ‘म त मर्छु कि क्या हो’ मा उनीहरूलाई धुर्मुस-सुन्तलीकै पहिरनमा देख्न सकिन्छ।

हेर्नुहोस् ट्रेलर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *