निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना बढेर गएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर बढेर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
असार मसान्त सम्म संक्रमणदर २० प्रतिशत भन्दा कमी रहेकोमा पछील्लो दुइ हप्तामा ह्वत्त बढेको छ।पछिल्लो हप्तामा १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसरी दिनँहु संक्रमीतको संख्या बढ्न थालेपछी सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । झापा , सिरहा , धनुषा , महोत्तरी , रौतहट , कपिलवस्तु , अर्घाखाँची , पाल्पा , गुल्मी , प्युठान , कैलाली , कञ्चनपुर , डडेलधुरा , बैतडी , डोटी , अछाम र बाजुरा लाइ अति उच्च जोखिम जिल्लाको रुपमा बिभाजन गरीएको छ।
यसै गरी मोरङ , सप्तरी , सर्लाही , पर्सा , सिन्धुपाल्चोक , धादिङ , गोरखा , तनहुँ , नवलपरासी पूर्व , नवलपरासी पश्चिम , रुपन्देही , कास्की , स्याङजा , दाङ , रोल्पा , सल्यान , बाँके , बर्दिया , सुर्खेत , दैलेख , कालिकोट र बझाङ लाइ उच्च जोखिम क्षेत्रमा राखीएको छ।
कोरोना संक्रमण रोक्ने सबै भन्दा उत्तम बिकल्प भनेको खोप नै भए पनि पर्याप्त खोपको उपलब्धता नहुनु र भएको खोप पनि लक्षीत बर्गमा नपुग्नुले तेश्रो चरणको कोरोना संक्रमण अझ भयानक हुने देखीएको छ। यसरी संक्रमणदर बढ्दै गएमा स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढ्दै जाने विज्ञ बताउँछन् ।






