Home / Nepal / News / देशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *