Home / Politics / प्रचण्ड – माधव समूहले आज ३ बजे दोस्रो चरणको आन्दोलन गर्ने घोषणा

प्रचण्ड – माधव समूहले आज ३ बजे दोस्रो चरणको आन्दोलन गर्ने घोषणा

काठमाडौं : विभाजित सत्तारूढ नेकपाभित्र कार्यक्रम र आन्दोलनको प्रतिस्पर्धा नै सुरु भएको छ । यसैबीच नेकपाको विभाजित समूह पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज दिउँसो ३ बजे दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमकविरूद्ध प्रचण्ड नेपालले पुस १० गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । मङ्गलबार जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन्।

यसैबीच प्रचण्ड–नेपाल समूहले पुस १७ गतेभित्र सबै प्रदेश कमिटीहरूको बैठक, भेला सकिसक्ने निर्णय यसअघि, पुस ९ गते सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकले नै गरेको छ। यस्तै पुस २० गते नगर र गाउँपालिका तहका कमिटीहरूको बैठक भेला र पुस २५ गतेभित्र गाउँ–नगरका वडा तहका कमिटीहरूको बैठक, भेला सक्ने निर्णय पनि गरेका छन्।

उता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि सातै प्रदेशमा संयोजक तोकेर जनपरिचालनलाई तीव्रता दिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *