Home / Sports / सेभिया खेलको शीर्ष चार अंकमा आउन सफल

सेभिया खेलको शीर्ष चार अंकमा आउन सफल

काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभिया सहज जित निकाल्न सफल भएको छ। मंगलबार राति भएको खेलमा सेभियाले भियारियललाई २–० गोल अन्तरे पराजित गरेको हो। 

घरेलु मैदानमा सेभियाले जित निकाल्दै आफूलाई अंक तालिकाको शीर्ष चारमा उकास्न सफल भएको हो। सेभियालाई जित दिलाउन लुकास काम्पोस र युसेफले एक–एक गोल गरे। 

खेलको आठौं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो । 

५३ औं मिनेटमा युसेफले गोल गर्दै सेभियालाई २–० गोलको जित दिलाउन सफल भए। जितसँगै सेभियाले १४ खेलबाट २६ अंक जोड्दै आफूलाई चौथो स्थानमा उकासेको छ।

पारतिज भियारियल भने १६ खेलबाट २६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *