दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा शनिबार आयोजित कार्यक्रममा कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।
झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेका कारण जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ छ। देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा उनले जोड दिएका छन्।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए। पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए। नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको चर्चा गरे।






