काठमाडौ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २१ हजार नौ पुगेको जनाएको छ।
आज मात्र काठमाडौंमा ३८ भक्तपुरमा १३ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ।
आज सात हजार ६८५ जनाको परिक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार ६५ जनाको डिस्चार्ज भएको र यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ।
सोमबार विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भए सङै मृत्यु हुनेको संख्या ५८ पुगेको छ।





