विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सरकारले तोकेकोभन्दा साढे चार सय रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण सुरू गरेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएसँगै नोबेलले सरकारले २ल तोकेको २००० रुपैयाँ भन्दा सस्तो मूल्य १५५० मै पिसिआर परीक्षण सुरू गरेको हो।
सरकारले निजी अस्पतालका लागि दुई हजार शुल्क लिन पाउने नियम बनाएको छ।
प्रदेश १ मा निजीस्तरबाट पिसिआर परीक्षण अनुमति पाउने नोबेल अस्पताल पहिलो हस्पिटल हो।






