Home / Nepal / News / कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज भारतबाट नेपाल आउँदै

कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज भारतबाट नेपाल आउँदै

काठमाडौं : कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज दिउँसो भारतबाट एयर इन्डियाको विमानमार्फत नेपालको काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपाल सरकारले यही फागुन ५ गते कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि सम्झौता गरेको थियो। सम्झौता अनुसारको १० लाख डोज आउन लागेको हो। बाँकी खोप पनि चाँडै प्राप्त हुने छ।

यही फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ। खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भन्डारण गरिनेछ।

यसअघि, यही खोप नेपालले भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो। उक्त खोप देशभर प्राथमिकताअनुसार लगाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *