भक्तपुर : भक्तपुरमा टिपरले ठक्कर दिँदा सनिवार एक पुरुषको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको बा५ख ४७९ नम्बरको टिपरको ठक्करबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई नाइटिंगेल बोर्डिङ स्कुल कुपण्डोल, ललितपुरमा चालकको रूपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले टिपर र चालक सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।






