Home / Nepal / News / ६ लाख घुस लिएको अभियोगमा बारा मालपोत प्रमुख पक्राउ

६ लाख घुस लिएको अभियोगमा बारा मालपोत प्रमुख पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ। उनीहरूले द्रुततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित आयोगको टंगाल कार्यालयबाट गएको टोलीले छ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जर्गा होटेलबाट पक्राउ गरिएको हो।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए।

आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *