Home / Nepal / News / म्याग्दीमा बोलेरो दुर्घटना १ को मृत्यु ५ घाइते

म्याग्दीमा बोलेरो दुर्घटना १ को मृत्यु ५ घाइते

बेनी: म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटना भएको छ। दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लाको बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ च ०२५३ नम्बरको बोलेरो भाइबाङ खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक खुमबहादुर कटुवालकी छोरीको घटनास्थलमै मृत्यु भएको र घाइते भएका चालक सहित पाँच जनालाई थप उपचारका लागि सदरमुकाम स्थित बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको म्याग्दी प्रहरीले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *