अहिले नेपाली मनोरञ्जन क्षेत्रमा दुइवटा रियालिटी सो हरु बिशेष रुपमा चलिरहेका छन। ग्यालेक्सी फोर के टिभिमा सारेगमप लिटल च्याम्प चलिरहेको छ भने एपी वान टिभिमा नेपाल आइडलको सिजन ४ चलिरहेको छ।
यी दुबै सो ले उत्तिकै दर्शकको ध्यान खिचिरहेका र दुबै प्रतियोगितामा भाग लिने कलाकारहरुले उत्तिकै आफ्नो दमदार प्रस्तुती दिइरहेका छन। यधपी यसमा भाग लिने कलाकारहरु मध्ये एकै सम्प्रदाय बाट आएका दुई चेलीहरुको बिशेषता भने एकै किसिमका रहेका छन।
सारेगम कि रोशा फुयाल र नेपाल आइडलकि लक्ष्मी पौडेल दुबै जना हिन्दु धर्म भित्रको बैष्णब समुदाय भित्रका रहेका छन। निधारमा रातो श्री लगाएर आफ्नो दमदार प्रस्तुती दिइरहेका यी दुबै चेली शुद्ध साकाहारी हुन।
सारेगम कि रोशा पुयाल मेची नगर झापाकी बासिन्दा हुन भने नेपाल आइडलकी लक्ष्मी पौडेल बेलबारी मोरङकी बासिन्दा हुन। उमेरले उस्तै देखीने उनिहरु दर्शक तथा निर्णायकको नजरमा गहीरो छाप छोडिरहेका छन।
अत्यन्तै सुमधुर स्वरकी धनी रोशा अहिले सारेगमप लिटल च्याम्पको टप ६ भित्र परीसकेकी छिन भने लक्ष्मी नेपाल आइडलको टप ११ औं भित्र आफुँलाइ समेटी सकेकी छिन।
हुन त कलाकार कुनै जात धर्म लिङ्ग समुदाय भए पनि कलाकारीतामा फरक नल्याउला तर एकै पटक दुईफरक प्रतियोगितामा श्री बैष्णब समुदायबाट प्रतिनिधित्व गरेर अगाडि आउनु समग्र बैष्णब समुदाय कै प्रतिष्ठाको रुपमा हेरीएको छ।






