दाङ : दाङको दगढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु भएको छ।
सोही ठाउँका २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किएर उनकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीचौकी गोबर्डिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।






