Home / Politics / पूर्वसांसद् गंगादत्त जोशीको ८४ वर्षको उमेरमा निधन

पूर्वसांसद् गंगादत्त जोशीको ८४ वर्षको उमेरमा निधन

महेन्द्रनगर : नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसांसद् गंगादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ।

वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले केही दिनअघि आँखाको शल्यक्रिया गरेका थिए। पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो।

कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीका अनुसार उच्च रक्तचापको औषधि खाइरहेका पूर्वसभापति जोशी नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घरनजिकै हृदयाघात भएर उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनको शव महाकाली अस्पतालमा राखिएको छ। परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *