Home / Nepal / News / स्याङ्जामा २ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

स्याङ्जामा २ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं : स्याङजा, कालीगण्डकी गाउँपालिका–४ मगर पधेरा बस्ने ६२ वर्षीय रिमबहादुर रानालाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। 

 यसैबीच बागलुङ, बरेङ गाउँपालिका ३ रातोभीर सामुदायिक बनबाट वेबारिसे अस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *