Home / Nepal / News / कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टोपबहादुर चन्द ठकुरी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टोपबहादुर चन्द ठकुरी पक्राउ

तनहुँ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोप बहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ साबिक राईपुर गाविस–४ बस्ने भिम बहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराको २०७४ असार १९ गतेको १० वर्ष कैद हुने फैसलालाई सर्वोच्च अदालत काठमाडौंको २०७५ कात्तिक १३ गतेको फैसलाले सदर गरेको थियो । तर ठकुरी फरार थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिकास्थित होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस्तै सोही मुद्दामा ५० रुपैयाँ जरिवाना ठहर भई भुक्तान नगरी हालसम्म फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका ११ बस्ने ११ जनालाई समेत जरिवाना भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा ठकुरीलाई उक्त अदालतको आदेशले कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको
जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *